Logo २८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026


एसियन कप छनोटका लागि यू–२० महिला टिमको घोषणा


663
Shares

काठमाडौंं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० एसियन कप २०२४ छनोटका लागि अन्तिम टोली घोषणा गरेको छ ।

प्यालेस्टाइनमा हुने छनोट खेलका लागि मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बन्द प्रशिक्षणमा रहेको २५ जनाबाट २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । पुजा थापा र सजनी थोकर भने अन्तिम टोलीमा समावेश हुन सकेनन् ।

साफको टोलीमा रहेकामध्ये चोटका कारण कुसुम खतिवडासँगै सजनी थोकर र अन्जली चन्दले एएफसीको टोलीमा स्थान बनाउन सकिनन् ।

साफको टोलीमा नरहेकी हिमा रावत, जेनिफर राणा र सदिपा भोलनले टोलीमा स्थान बनाउन सफल भएकी छन् ।

नेपाल छनोटको समूह ‘बी’ मा आयोजक प्यालेस्टाइन, नर्दन मारियाना आइल्याण्ड र युएईसँग परेको छ ।

गुरुङले बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा पनि टोलीको प्रशिक्षक रहेका थिए ।

नेपाली टोली :

गोलकिपर: कविता विक, सावित्री किसन, लिला जोशी

डिफेन्डरः सबिना चौधरी, हिमा रावत, सरु हमाल, सुनिता भुलन, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डरः तुलसा बोहरा, जेनिफर राना, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई, अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्डः गरिमा राई, अमिषा कार्की, ममता पुन, सदिपा भोलन