
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना क्रमण पुष्टि भएको छैन ।
गत २४ घण्टामा ८९२ जनाको नमूना परीक्षण गरिएको थियो ।
११४ जनाको पीसीआर र ७७८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार देशभर ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने संक्रमणमुक्त १ जना भएका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्