Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


बझाङमा फोहोर फाल्ने ठाउँमा नवजात शिशु शव फेला


533
Shares

बझाङ । जयपृथ्वी गरपालिका–१० चैनपुरस्थित बाहुँलीगाड किनारमा बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ।

बाहुँलीगाडको किनारमा निर्माणाधीन बसपार्क नजिक सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको हाे ।

शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको छ । उक्त स्थानमा प्रहरी टोली खटाएर शव फाल्नेको खोजी भइरहेको प्रहरीको भनाइ छ।

शिशुलाई कसले फालेको हो भन्ने कुरा पत्ता नलागेको र घटनाको अनुसन्धान थालिसकेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।