Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


भारतमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, दर्जनौं घाइते


104
Shares

एजेन्सी । भारतको चंडीगढ यमुनानगरको एउटा गाउँमा शुक्रबार ट्रली र बस एक-आपसमा ठाेक्किंदा ८ जना यात्रुको मत्यु भएको छ ।

बरेलीबाट हिमांचल जाँदै गरेको बसले शुक्रबार बिहान करिब ४ बजे सडक किनारामा रोकिराखेको ट्रलीलाई बसले ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा ८ जना यात्रुकोे मत्यु हुनुका साथै थुप्रै यात्रु घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घाइतेहरुको विभिन्न अस्पतातमा उपचार भइरहेको छ । बसमा ७० जना यात्रु सवार रहेको जनाइएकाे छ ।