४ असार २०८२, बुधबार | Wed Jun 18 2025


कान्ति लोकपथ आजदेखि चैत १० सम्म दुईतर्फी बन्द


299
Shares

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथमा बिहीबारदेखि चैत १० गतेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

सडक मर्मतको कामलाई छिटो सम्पन्न गर्न भन्दै दुईतर्फी सवारी संचालनमा रोक लगाइएको हो ।

कान्ति लोकपथमा आवागमन बन्द भएपछि हेटौंडा–काठमाडौं चल्ने सवारी साधनका लागि वैकल्पिक मार्ग तोकिएको छ ।

जसअनुसार हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने र काठमाडौंबाट हेटौंडा जान थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी सवारी सञ्चालन गरिने भएको छ ।