
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले फराकिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई ४–० ले हराएको हो ।
खेलको ४० औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–० को अग्रता दोब्बर दिलाए । ७१ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए । त्यसपछि ८० औं मिनेटमा गाब्रिएलले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४–० को सहज जित दिलाए ।
जितसँगै आर्सनलले उपाधि यात्रा बलियो पारेको छ । शीर्षस्थानमा रहेको आर्सनलको २५ खेलबाट ६० अंक पुगेको छ । समान खेलबाटै सिटीको ५५ अंक छ । पराजित एभर्टन २१ अंक जोडेर १८औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्