Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सिन्धुलीमा जंगली हात्ती पीडितद्वारा दैनिक राजमार्ग अवरूद्ध


117
Shares

सिन्धुली । सिन्धुलीको कमलाखोंचका स्थानीवासीन्दाले जंगली हात्तीको आतंकबाट बच्न दैनिक जसो राजमार्ग अवरुद्ध गर्ने गरेका छन्

जंगली हात्तीको आक्रमणबाट कमलाखोंच रानीवासका दण्डपानी पौडेलको मृत्यु भएपछि स्थानीयले मदन भण्डारी राजमार्ग अवरुद्ध गर्दै आएका हुन् । प्रभावित क्षेत्रमा बिजुली बत्तीको व्यवस्था गर्नुपर्ने र हात्तीले पुर्याएको क्षतिको क्षतिपूर्ति पाउनुपर्ने माग स्थानीयले गर्दै आएका छन् ।

डिभिजन वन कार्यालय सिन्धुलीले भने जंगली हात्ती नियन्त्रणका लागि सुरक्षा र सचेतना बाहेकका कुनै पनि काम गर्न नसकिने जनाएको छ ।