Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


धनकुटाका विद्यालयलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई तालिम


39
Shares

धनकुटा । धनकुटाको छथरजोपाटी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्रविधिमैत्री तालिम दिएको छ ।

गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने उदेश्यले कम्प्युटर प्रविधि सम्बन्धी ४ दिने क्षमता विकास तालिम दिएकाे हाे । पछिल्ल्लो समय भएको प्रविधिको विकासलाई मध्ये नजर गर्दै विद्यालय हुने प्रत्येक कृयाकलापमा प्रविधिकोे प्रयोगलाई बढाउने गाउँपालिकाकाे लक्ष्य रहेकाे छ।

प्रविधिको विकास तीव्र गतिमा हुँदै गएको अवस्थामा साेही अनुरुपकाे शिक्षा दिने गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभयो । शिक्षण सिकाईमा प्रविधिको प्रयोग बढाउन तालिम दिएको अध्यक्ष सुब्बाकाे तर्क छ ।