Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


उपत्यकामा प्रतिघण्टा ५० किलोमिटर बढीको गतिमा गाडी गुडाउन प्रतिबन्ध


1.3k
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा प्रतिघन्टा ५० किलोमिटर भन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखि सवारी दुर्घटना न्यूनिकरण तथा रोकथामका लागि कलंकी–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सिमाका बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तोकिएको गतिभन्दा बढीमा सवारी चलाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ ।