३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


सिर्जनले पाए गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र


13
Shares

काठमाडौं, भदौ १४ । विश्वकै लामो शीर्षकमा पुस्तक लेखेका सिर्जन तिमिल्सिनालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सारांशमा ‘द ब्रेन’ अर्थ लाग्ने पुस्तक लेखेका तिमिल्सिनालाई प्रमाणपत्र प्रदान गरिएको हो ।

उक्त पुस्तकको शीर्षकमा एक हजार ८०९ ओटा शब्द रहेका छन् । पुस्तकमा गड्यौलादेखि मानिससम्मको मष्तिस्कको विकासबारे उल्लेख गरिएको छ ।

१४ वर्षदेखि पुस्तक लेख्न थालेका तिमिल्सिनाले सन् २०१० मा वर्ल्ड रेकर्डका लागि आवेदन दिएका थिए ।

गत जुन १४ मा गिनिज बुकले उक्त पुस्तकलाई प्रमाणित गरेको जनाइएको छ ।