३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025


युवा निराश (भिडियो रिपोर्ट)


0
Shares

शंकर खनाल/उत्तम मानन्धर/लक्ष्मणमान डंगोल (इमेज)

काठमाडौं, भदौ १४ । परिवर्तनका संवाहक मानिने युवा पछिल्लो समयमा निराश देखिन थालेका छन् ।

मूलतः मुलुकको अवस्था, बेरोजगारी र राज्यको भूमिकाविहीन युवानीतिका कारण युवाहरुप्रति वितृष्णा बढ्दै गएको हो ।

बढ्दो बेरोजगारीसँगै राज्यले उचित भूमिका नदिँदा पछिल्लो समयमा नेपालका युवामा निराशा बढ्दै गएको छ ।

सरकारले युवा स्वरोजगार नीति ल्याएको छ । तर, अधिकांश युवा यो नीतिको घेराभन्दा बाहिरै छन् । पछिल्लो समयमा नेपालमा शैक्षिक बेरोजगारीको संख्या पनि बढ्दै गएको छ ।

शिक्षा आर्जनपछि बेरोजगार बस्नुपर्दा अधिकांश युवाले खिन्नता महसुस गर्ने गरेका छन् भने उचित भूमिकाबाट बन्चित हुनुपर्दा गलत बाटोतिर पनि धकेलिँदैछन् ।

त्यसो त कतिपय राजनीतिक दलले पनि युवालाई आफूअनुकूलमात्र प्रयोग गरेका छन् । उनीहरुलाई उचित जिम्मेवारीबाट भने बाहिरै राखेका छन् । 

युवाका लागि केही गरेका छौं भनेर नथाक्ने युवा नेताहरुले पनि युवाको नाममा माखो मार्न सकेका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी युवा संगठनका सचिव हिक्मतजंग कार्कीले राज्यले युवालाई भूमिकाविहीन बनाउँदा समस्या बढ्दै गएको आरोप लगाए ।

अनेरास्ववियुका महासचिव ऐन महर पनि युवालाई राज्यले उचित जिम्मेवारी नदिएको बताउँछन् ।

सरकारले युवामैत्री नीति बनाएको छ । तर, कार्यान्वयनमा ल्याउन नसक्दा युवाले राज्यबाट ‘सौतेनी’झैंको व्यवहार खेप्नुपरेको छ ।

युवाको नेतृत्व गर्ने विभिन्न संगठनको नेतृत्वमा पुगेकाहरुले पनि युवालाई आफू भर्‍याङ चढ्ने खुट्किलोकारुपमा प्रयोग गर्दै आएका छन् । तर, युवाको बढ्दो निराशामा मल्हम लगाउनेतिर भने ध्यान दिएका छैनन् ।

भिडियो हेर्नुहोस्