Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


महिला टी–ट्वान्टी विश्वकपमा आज अष्ट्रेलिया र श्रीलंका भिड्दै


65
Shares

एजेन्सी । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा बिहीबार एक खेल हुँदैछ ।

बिहीबार खेल समूह ‘ए’ मा रहेका अष्ट्रेलिया र श्रीलंकाबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेबाट सुरू हुनेछ ।

दुवै खेल जितेका यी दुई टोली बिहीबारको खेल पनि जितेर सेमिफाइनल सम्भावना बलियो बनाउन चाहान्छन् ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा विभाजन गरिएको छ । दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।