 
	    डडेल्धुरा । कृषि ज्ञान केन्द्र डडेल्धुराले जुनार खेती गर्ने किसानलाई औषधि छर्किने प्रविधि दिएपछि खुशी भएका छन् ।
जिल्लाको भागेश्वर गाउँपालिका-४ चौड खाल्टाका जुनार (मौसमी) किसानलाई केन्द्रले फलफूलका बोटहरु काटछाँट र टिप्ने हाते औजार तथा औषधि छर्किने प्रविधि उपलब्ध गराएपछि किसान खुशी भएका हुन् । केन्द्रले हिउँदे मौसममा पाइने फलफूलहरुमा सुन्तला, मौसमी, अमिलो तथा कागती लगायतका फलफूलहरुलाई स्वस्थ रूपमा उत्पादन गर्नका लागि किसानलाई हाते औजार तथा औषधि छर्किने प्रविधि दिएकाे हाे ।
स्तरीय बजारीकरणको निर्यातका लागि जुनार बोटको उत्पादकत्व बढाउने गरी फुटस्प्रे, कैंची, कटर र दाना टिप्ने मेशीन अनुदान दिएपछि किसानलाई उत्पादन व्यवस्थित गर्न सहज भएको अगुवा किसान दानबहादुर बोहराले बताउनुभयाे । साेही क्षेत्रको मौसमी तथा सुन्तला फलफूलहरुले जिल्ला सदरमुकामदेखि पहाडी तथा तराईका विभिन्न स्थानमा प्रसिद्धि पाएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिनुभयाे ।
साेही गाउँपालिका-४ को खाल्टाचौड र वडा नम्बर ५ को चुल्ला, सिराड क्षेत्रमा स्थानीय किसानहरुले वर्षाैंदेखि व्यवसायिक रुपमा फलफूलहरु खेती गर्दै आएका छन् । उनीहरूले फलफूलहरुबाट वार्षिक लाखौं रकम आम्दानी गर्दै आएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्