
काठमाडाैं । तनहुँको बन्दीपुरमा आफ्नै आमालाई मार्ने छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–३ सेराटारका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीय बुहारी सुशीला मजाकोटी रहेका हुन् । ८४ वर्षीय माया सार्की मृत अवस्थामा फेला परेपछि अनुसन्धान थालेको प्रहरीले मृतक मायाका छोरा र बुहारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राजकुमार र उनकी पत्नी सुशीलाले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्