Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


शरणार्थीलाई आवासीय अनुमति दिने अस्ट्रेलियाको घोषणा


195
Shares

एजेन्सी । अस्ट्रेलियाले आफ्ना देशमा रहेका हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा बाहकका लागि स्थायी भिसाको मार्ग प्रशस्त गर्ने घोषणा गर्नुभएको हो । जाइल्सले लेबर सरकारको चुनावी प्रतिवद्धता पूरा गर्दै सन् २०१३ भन्दा अघि डुंगाबाट अस्ट्रेलिया आएका करिब १९ हजार शरणार्थीलाई दुई प्रकारका अस्थायी भिसामा स्थायी बसोबासका लागि निवेदन दिने अनुमति दिइने बताउनुभएको हो ।

यो प्रावधानले शरणार्थीहरूलाई सामाजिक, स्वास्थ्य सेवा, राष्ट्रिय अशक्तता बिमा योजना, उच्च शिक्षाका लागि ऋण लगायतका सुविधामा पहुँच प्रदान गर्ने भएकाे छ । नागरिकताका लागि पनि मार्ग प्रशस्त गर्ने बताइएको छ । जसले उनीहरूलाई अस्ट्रेलियामा तत्काल परिवार ल्याउन अनुमति दिनुका साथै काम गर्ने, कर तिर्ने, व्यवसाय सञ्चालन गर्ने अनुमति पनि दिनेछ ।

यो घोषणाले अस्ट्रेलिया प्रवेश गरेका शरणार्थीहरुलाई ठूलो राहत मिलेको छ ।