काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भेट्न विदेश सचिव क्वात्रा सोमबार साँझ बालुवाटार पुग्नुभएकाे हाे ।
सोमबार नेपाल आएका क्वात्राले सोमबार साँझ नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।
भारतीय विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार बिहान नेपाल आइपुग्नु भएकाे हाे ।





प्रतिक्रिया दिनुहोस्