१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


बागमती प्रदेशमा मंगलबारदेखि लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास हुने प्रणाली लागु हुँदै


117
Shares

काठमाडौं । बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागु हुने अघिल्लो दिन सोमबार सोही विषयको परीक्षण प्रदर्शन भएको छ ।

यातायात व्यवस्था कार्यालय चाबहिलको ट्रायल सेन्टरमा भएको परीक्षणमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, मुख्य सचिव मुकुन्दप्रसाद निरौला लगाएतले परीक्षणको स्थलगत अवलोकन गर्नुभएको छ ।

ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुको साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेपछि मन्त्री श्रेष्ठको पहलमा ७० प्रतिशत अंक आउँदा पनि सवारी चालक अनुमति पत्रको सुरुवात हुने भएको हो ।

७० प्रतिशतको व्यवस्थापनले चालक अनुमतिपत्र प्राप्त गर्दा हुने झण्झटलाई न्यूनीकरण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ । बागमती प्रदेशमा मंगलबार (फागुन २) गतेबाट उक्त व्यवस्था लागु हुने छ ।