
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताउनु भएकाे छ ।
उहाँले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताउनु भएकाे हाे ।
धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताउनु भयाे । बजेटमा मूल्यवृद्धि ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकामा ७.२६ पुगेको उहाँले बताउनु भयाे ।
आजै उनले बजेटको मध्यावधि समीक्षा सम्बन्धी जानकारी गराउन अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना पनि गरेका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको सचिवालयलेका अनुसार पत्रकार सम्मेलनमा अपरान्ह ५ बजेका लागि तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्