Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


नेप्सेमा उच्च अङ्कको गिरावट


91
Shares

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से ६० दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय २१ दशमलव ८६ कायम भएको छ ।

आज दुई सय ५३ वटा कम्पनीको ८१ लाख ३९ हजार आठ सय ४० कित्ता शेयर ५१ हजार दुई सय २६ पटक खरिदबिक्री हुँदा रू तीन अर्ब चार करोड ७७ लाख ३९ हजार आठ सय १२ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक तीन सय ५७ दशमलव १३ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय ३८ दशमलव ३६ अङ्कले घटेको छ । बैंकिङ समूह २७ दशमलव ९७, विकास बैंक समूह एक सय ४१ दशमलव ५९, वित्त समूह ८४ दशमलव ७० र होटल तथा पर्यटन समूह ९० दशमलव ८७ अङ्कले घटेको छ ।

त्यस्तै, जलविद्युत् समूह एक सय १० दशमलव ६५, लगानी समूह दुई दशमलव ६३, उत्पादन तथा प्रशोधन समूह दुई सय २० दशमलव ७३ र लघुवित्त समूहको उपसूचक एक सय दुई दशमलव ७३ अङ्कले घटेको छ । आज म्युचुअल फन्ड शून्य दशमलव १२, अन्य समूह ३७ दशमलव १६ र व्यापार समूह ४० दशमलव १६ अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा न्यादी ग्रुप पावर लिमिटेडको शेयर छ दशमलव ६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालय डिस्टिलरी लिमिटेडको रू १४ करोड ३७ लाख ६८ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याको आधारमा न्यादी ग्रुप पावर लिमिटेडको तीन लाख ७३ हजार आठ सय ५४ कित्ता शेयर खरिद बिक्री भएको छ ।