Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


नेपाली महिला राष्ट्रिय टोलीको बिदाई


507
Shares

काठमाडाैं । मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ ।

ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा मैत्रिपूर्ण खेलका लागि भारत जान लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राई लगायतले बिदाई गरेका हुन् । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली सोमबार भारत प्रस्थान गर्ने भएकाे छ । गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको नेतृत्वमा नेपालले भारतमा दुई मैत्रिपूर्ण खेल खेल्ने भएकाे छ ।

टोलीलाई बिदाई गरेपछि बोल्दै नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले छोटो समयको तयारी भएपनि टोलीले सुखद् नतिजा निकाल्ने बताएका छन् । दुई साताको अभ्यासमा राम्रो टोली तयार भएको र साफमा भारतलाई हराएकोले खेलाडीमा मनोबल उच्च रहेको प्रशिक्षक थापाले बताएका हुन् । भारत दक्षिण एशियाको बलियो टोली भएको र भारतसँग खेल्दा खेलाडीलाई राम्रो अनुभव हुने भन्दै मैत्रिपूर्ण खेलमा आफ्नो लक्ष्य सुखद नतिजा रहेको प्रशिक्षक थापाले बताएका छन् ।

त्यस्तै कप्तान एञ्जिालले साफपछि हुन लागेको मैत्रिपूर्ण खेलमा सुखद् नतिजालाई निरन्तरता दिने बताएका छन् । उनले आफ्नो टोलीको मनोबल उच्च रहेको र भारतलाई हराउँदै साफ उपाधि दिलाएपछि टोलीलेको स्तर पनि बढेको बताएका हुन् । टोलीमा अनुभवि र नयाँ प्रतिभावान खेलाडी समावेश भएको भन्दै राम्रो खेल हुने अपेक्षा कप्तान एञ्जिालले राखेका छन्। भारतसँगको मैत्रिपूर्ण खेल आगामी ओलम्पिकका लागि अनुभव संगाल्ने अवसर भएको भन्दै मनोबल उच्च बनाउन जितेर आउने उनले बताएका हुन् ।
पहिलो पटक राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बनेका थापाले नेपाली महिला फुटबल टोलीले आधुनिक फुटबल खेलाउने तयारीमा छन् । एन्फाले मैत्रीपूर्ण खेलले ओलम्पिक छनोट खेलमा अनुभव खेलको रुपमा हेरेको छ । नेपाली टोलीले भारतसँग चेन्नईमा यहि फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेकाे छ ।

नेपाली टोली सोमबार चेन्नई प्रस्थान गर्ने भएकाे छ ।