२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


वेष्ट ह्यामसँग चेल्सी बराबरीमा रोकियो


104
Shares

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेष्ट ह्यामसँग बराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा चेल्सी वेस्ट ह्यामसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको १६ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा इमर्सन पाल्मेरीले गोल गर्दै वेस्ट ह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै चेल्सी २२ खेलबाट ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ । वेस्ट ह्याम २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।