Logo ९ माघ २०८२, शुक्रबार | Sat Jan 24 2026


त्रिभुवन विमानस्थलबाट ३५ किलो लागुऔषध बरामद, चार थाई नागरिक पक्राउ


286
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३५ किलो लागुऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् ।

शनिबार साँझ थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेकाे अवस्था उनीहरु उक्त लागुऔषधसहित पक्राउ परेका हुन् ।

शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।

उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको बताइएको छ । उनीहरू पर्यटक भिसामा नेपाल आएको बुझिएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरमा पठाइएको छ ।