३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


लागतअनुसार दुधको मुल्य नपाएको किसानको गुनासो


260
Shares

काभ्रे । काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघले तत्काल दुधको मुल्य वृद्धि गर्न माग गरेको छ । पछिल्लो समय सबै प्रकारका उपभोग्य वस्तुहरुको मुल्यृ वृद्धि भएकाले दुधको उत्पादन लागत समेत बढेको काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद बडालले बताउनुभयो । कृषकहरुले पशु वस्तुलाई खुवाउने दाना पिठो, पिना, ढु्टो, चोकर घाँस, परालको मुल्य अत्याधिक वृद्धि भएकाले दुधको उत्पादन लागत पनि बढेको उहाँको भनाइ छ ।

लागतअनुसार दुधको मुल्य वृद्धि नहुँदा व्यवसायिक पशुपालक कृषकहरु मारमा परेको अध्यक्ष बडालले बताउनुभयो । लागत बढ्दा पशु पालन तथा दुग्ध उत्पादनबाट कृषकहरु पलायन हुने अवस्था आएको उहाँको गुनासो छ ।

राष्ट्रिय उत्पादनमा योगदान गर्न, स्वदेशी उत्पादनबाट देशलाई आत्मनिर्भर बनाउँदै वैदेशिक रोजगारीलाई निरुत्साहित गर्न तथा व्यवसायिक पशुपालनलाई युवाहरुको आकर्षण र भरपर्दो विकल्पको रुपमा स्थापित गर्न तत्काल मुल्यवृद्धिको विकल्प नरहेको संघको ठहर छ । नेपाल सरकार तथा सबै सरोकारवालाहरुबीचको छलफल र वार्ता गरी आधिकारिक रुपले कृषको हित हुने गरी अभिलम्भ मुल्यवृद्धि गर्न संघले आग्रह गरेको छ ।

अहिले गाईको दुध प्रतिलिटर ५४ रुपैयाँ र भैसीको दुध प्रतिलिटर ६५ रुपैयाँमा विक्रि भइरहेको संघले जनाएको छ । उक्त मुल्यमा प्रतिलिटर १० रुपैयाँ मुल्यवृद्धि गर्न संघले माग गरेको छ । काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ९६ सहित २७२ सहकारी संस्थाहरु तथा निजी क्षेत्रका करिव ४ सय संकलन केन्द्रहरुबाट दुध तथा दुग्धजन्य पदार्थ संकलन भइरहेको छ । संकललित दुध तथा दुग्धजन्य पदार्थ जिल्लामा अवस्थित आधा दर्जन भन्दा बढी निजी डेरी उद्योगहरु, सरकारी स्वामित्वको दुध विकास संस्थान डि.डि.सि का झण्डै आधा दर्जन संकलन केन्द्रहरु तथा साना उद्योगीहरुबाट बजारमा पु¥याइने गरिएको छ । काभ्रे दुध उत्पादनमा आत्मनिर्भर जिल्ला हो ।

जिल्लाका १३ वटै पालिकाबाट दैनिक ३ लाख लिटर दुध उत्पादन हुने गरेको छ । संकलित दुध स्थानीय बजार, काठमाडौं उपत्यका तथा देशका विभिन्न शहरमा आपूर्ति हुँदै आएको छ । दुध तथा दुग्धजन्य पदार्थ विक्रिबाट मात्रै दैनिक १८ करोडको हाराहारीमा शहरको पुँजी गाउँ–गाउँमा पु¥याउँदै गरिब विपन्न किसानको आय आर्जनमा टेवा पु¥याउँदै आएको संघको दाबी छ ।