२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आयो : महत


247
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा. प्रकाशशरण महतले राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताउनुभयो ।

शुक्रबार संसदको दुवै सदनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महतले राष्ट्रपतिको सम्बोधनमा सबैको इच्छापत्र जस्तो कुरा आएको टिप्पणी गर्नुभयो ।

उहाँले जतिसुकै विषय उठाएपनि सरकारले कत्तिको कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहने बताउनुभयो ।