Logo ३ मंसिर २०८२, बुधबार | Thu Nov 20 2025


सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, काे–काे बने मन्त्री ?


351
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ ।

मुख्यमन्त्री शाहले शुक्रबार नै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्नुभएकाे हाे।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त हुनुभएकाे छ ।

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएकाे हाे ।

नेकपा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि सुदूरपश्चिममा बिहीबार कांग्रेसको नेतृत्वमा सरकार बनेको छ ।