
काठमाडौं । ३ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा १०८५ जनाको नमूना परीक्षण गरिएको थियो ।
३७२ जनाको पीसीआर र ७१३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित संख्या ३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर ६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन ।
प्रतिक्रिया दिनुहोस्