एजेन्सी । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्ध अल नसर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बिहीबार राति भएको खेलमा नसरले अल वेह्दालाई ४–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
अल नसरका लागि रोनाल्डो एक्लैले ४ गोल गरे ।
खेलको २१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नसरलाई दोब्बर अग्रता दिलाए । ५३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गर्दै नसरलाई तेब्बर अग्रता दिलाए । त्यसपछि ६१ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत चौंथो गोल गर्दै नसरलाई ४–० को जित दिलाए ।
जितसँगै नसर ३७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । अल वेह्दा १५ अंक जोड्दै रेलिगेसन क्षेत्र नजिक छ ।






प्रतिक्रिया दिनुहोस्