१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


सुदूरपश्चिमकाे मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह नियुक्त


949
Shares

धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख देवराज जोशीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गर्नु भएकाे हाे ।

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल राजीनामा दिएपछि शाह मुख्यमन्त्री हुनुभएकाे हाे ।