
फाइल तस्बीर
काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता हुनुभएकाे छ।
बेपत्ता हुनेमा डोल्पाको ठूलीभेरी नगरपालिका घर भई हाल भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा दिदीको घरमा बस्दै आएका २२ वर्षीय मकर रोकाया र सोही ठाउँका २१ वर्षीय बिबी रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
भेरीगंगा नगरपालिका वडा नम्बर ८ लोदेमा बिहीबार दिउँसो साढे एक बजेको समयमा ती दुई जना बगेर बेपत्ता भएका हुन् ।
बेपत्ता भएको दुबै जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतकी प्रहरी निरीक्षक झरना सोनारले जानकारी दिनुभयाे।





प्रतिक्रिया दिनुहोस्