Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


साफ यू –२० महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराएर नेपाल फाइनलमा प्रवेश


1.6k
Shares

काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू –२० महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले मंगलबार भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउदै फाइनल यात्रा तय गरेको हो । बंगलादेशको राजधानी ढाकाको मुस्तफा कलम स्टेडियममा भएको खेलमा नेपालका लागि प्रिति राई, अञ्चली चन्द र अमिसा कार्कीले एक/एक गोल गरेका थिए । भारतका तर्फबाट भने अपूर्ण नर्जारीले एक गोल गरेकी थिइन् ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो ।