२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


आज देशभरकाे माैसम कस्ताे छ ?


78
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मंगलबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएका छन् । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश-१, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना हुने महाशाखाले जनाएको छ ।