२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


न्यु डायमण्ड अपराजित रहँदै फाइनलमा


78
Shares

काठमाडौं । राजधानीमा जारी छैठौं संस्करणको महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई कायम राखेको छ ।

यसअघि नै फाइनल पुगिसकेको न्यु डायमण्डले आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा विभागीय टोली एपिएफलाई पराजित गर्‍यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो ।

दुवै टोलीले सोमबार भएको प्रतिष्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए । दोस्रो रोजाई खेलाडीबीचको प्रतिष्पर्धामा एपिएफ न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो । सबै खेल जितेको न्यु डायमण्ड तालिकाको शीर्ष स्थानमा रहँदा फाइनल यात्रा तय गरिसकेको एपिएफको ६ अंक भयो ।

फाइनल समिकरणबाट बाहिरिएका पुलिस र आर्मीबीच आज नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३–१ को सेटमा हरायो । अब यी दुई टोलीबीच मंगलबार तेस्रो स्थानको छिनोफानोका लागि प्रतिष्पर्धा हुने छ भने उपाधिका लागि न्यु डायमण्ड र एपीएफ क्लबबीच मंगलबार नै प्रतिष्पर्धा गर्ने छन् ।