Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


स्याङ्जामा जीप दुर्घटना हुँदा एक जना घाइते


377
Shares

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

आज दिउँसो १२ बजे वालिङ नगरपालिका ११ सिर्सिकोट छापास्थित बायटारी सिर्सीकोट भित्र सडक खण्डमा सिर्सिकोटबाट वालिङ तर्फ आउँदै गरेको लु १ ज २५३६ नम्बरको जीप दुर्घटना हुँदा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

जीप अनियन्त्रित भई सडक देखि ८ मिटर तल खस्दा वालिङ नगरपालिका नगरपालिका ११ सिर्सिकोट छापा बस्ने ३४ वर्षीय बिजय गोतामे घाइते भएका हुन् ।

गोतामेको टाउको र अनुहारमा चोट लागेकोमा प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिपर गरिएको छ ।

जीप सावर अन्य यात्रुहरुलाई केही नभएको र जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले कार्यालय स्याङ्जाले जनाएको छ ।