Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


टर्कीमा शक्तिशाली भूकम्प जाँदा १८ जनाकाे मृत्यु


117
Shares

एजेन्सी । टर्कीमा सोमबार बिहान ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

दक्षिणी टर्कीको गजियटेप प्रान्तको नुर्दगी भन्ने स्थानमा स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पबाट अहिलेसम्म १८ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरुले पुष्टि गरेका छन् । भौतिक संरचनाहरुमा व्यापक रुपमा क्षति भएको देखिएको छ । भग्नावशेषमा थुप्रै मानिस पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

भूकम्पमा परी मानवीय क्षति भए नभएको विवरण भने अइसकेको छैन । अमेरिकी भू-गर्भ विभागले २४ दशमलव १ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाएको छ । शक्तिशाली भूकम्प गएको एक मिनेटभित्र ८ वटा ठूला पराकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यहरुले जनाएका छन् ।

भूकम्पको धक्का जोर्डन, सिरिया, साइप्रस, ग्रीस, लेबनान, इराक, इरान, जर्जिया, बेलायत र अमेरिकासम्म महसुश भएको जनाइएकाे छ । घटनाको विस्तृत विवरण भने आउन बाँंकी रहेकाे छ । यसैबीच, टर्की सरकारले भूकम्पपछिको उद्धार र व्यवस्थापनका लागि राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।