एजेन्सी । इजरायलका पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीको हत्या नगर्ने बाचा आफूसँग गरेको दावी गर्नुभएको छ ।
रुस र युक्रेनबीच युद्ध सुरु हुँदा छोटो समय मध्यस्तकर्ता बन्ने प्रयास बेनेटले गर्नुभएकाे थियाे । साेही प्रयास बेनेटले गत वर्ष मार्चमा युद्धकाबीच मस्कोमा पुगेर गरेको वार्ताका क्रममा राष्ट्रपति पुटिनले त्यस्तो बचन दिएको बताउनुभयाे ।
बेन्नेटको भनाइलाई लिएर क्रेमलिनले भने केही पनि प्रतिक्रिया व्यक्त गरेको छैन ।









प्रतिक्रिया दिनुहोस्