Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


रविको बचाउ गर्दै ओलीले उठाए सर्वाेच्चकाे फैसलामाथि प्रश्न


247
Shares

काठमाडाैं । काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाउनु भएकाे छ ।

आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सर्वाेच्चकाे आलोचना गर्नुभएकाे हाे । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उहाँकाे तर्क छ ।

उहाँले भन्नुभयाे,‘अदालतको फैसलाले कसलाई फाइदा भयो ? यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन । निर्वाचन आयोगमा उजुरी परेको र बदर गरेको होइन र ? निर्वाचन आयोगले उमेदवारी सदर गरेको होइन र ? प्रक्रियागत त्रुटि हुनासाथ सांसद, गृहमन्त्री, सभापति गयो ? जान मिल्छ ?’

सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताउनुभयाे । तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न उब्जिएकाे उहाँले बताउनु भयाे । उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताउनु भयाे । उहाँले प्रक्रियागत त्रुटिका कारण भएको गल्तीमा पाएको सजायले भोलि समस्या पर्ने समेत बताउनुभयाे ।