Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


अस्थिरता रोक्न वर्तमान सत्ता गठबन्धन एकमत : केपी ओली


130
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताउनुभयाे ।

आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले यस्ताे बताउनु भयाे ।

उहाँले भन्नुभयाे,’अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको छ।’

उहाँले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा कार्यकाल गर्न नपाएको बताउँदै नयाँ संविधान जारीपछि पनि उही अवस्था कायम रहेको टिप्पणी गर्नुभयाे ।