२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दुर्घटनामा बालिकाको मृत्यु


325
Shares

काठमाडाैं । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिनुभयो ।

लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा सहनीलाई ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।