१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


अर्घाखाँचीमा विश्व क्यान्सर दिवसको अवसरमा चेतनामूलक कार्यक्रम


65
Shares

अर्घाखाँची । अर्घाखाँचीमा विश्व क्यान्सर दिवसको अवसरमा चेतनामूलक कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँची र नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाको संयुक्त आयोजनामा दिवस मनाइएको हो ।

खानापानमा उचित ध्यान नदिँदा क्यान्सर रोगका विरामी बढ्दै गएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयो । पछिल्लो समय पोलेको मासु खानेको संख्या बढ्दै गएकाले यसमा सबै समयमा सचेत हुने समय आएको बताउनुभयो ।

तत्कालको लागि खानको लागि मिठो भए पनि दिर्घकालीन समयमा क्यान्सर सम्म हुन सक्ने भन्दै सचेत गराउनुभयो । यस्तै सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको बताउनुभयो ।

सुर्तीजन्य वस्तुको सेवनका कारणले फोक्सोको क्यान्सरका विरामी धेरै छन् । त्यसपछि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै भएको प्रशिक्षणको क्रममा जनस्वास्थ्य निरिक्षक पौडेलले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख पुष्पा थापा, अर्घाखाँची अस्पतालका डा.अरुण कुमार शाह, स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विक, खोप अधिकृत रामप्रसाद गौतम, अर्घाखाँची अस्पतालका सुचना अधिकारी निमबहादुर राना लगायतको सहभागिता रहेको थियो ।