Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


मधेस प्रदेशमा लागुऔषधकाे प्रयाेगले बढायाे अपराधिक क्रियाकलाप


78
Shares

काठमाडाैं । लागुऔषधको प्रयोगका कारण मधेस प्रदेशमा अपराधिक घटनाहरु बढ्दै गएको भन्दै नेपाल प्रहरीले थप शतर्कता अपनाउन आग्रह गरेको छ ।

मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारणले खुला सीमानाकाका कारण पनि लागुऔषधका कारण विभिन्न अपराधिक घनाहरु बढ्दै गएका हुन् ।

खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिले हुने र त्यसले झनै विकृति र अपराधिक क्रियाकलापहरु बढ्नलाई मद्दत गरिरहेको छ ।

खुला सिमानाका कारण सुगम बनाउने भन्दा जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो ।

उहाँले खुला सीमाका कारण मधेसका जिल्लाहरुमा अपराध बढ्दै गएको र युवाहरु लागुऔषध लगायतको कुलतमा समेत फस्ने क्रम बढिरहेको बताउनु भयो ।

मधेस प्रदेश लागुऔषध दुर्व्यसनी र लागुऔषध कारोबारीहरुका लागि हबका रुपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाउने गरेको छ । गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागुऔषध नियन्त्रणमा लिएको थियो ।

जनकपुरधामबाट लागुऔषधसहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो ।

प्रहरी नायब उपरीक्षक क्षेत्रीले समाज लागुऔषधमा फसेको छ भन्नलाई परिवारले नै हिच्किचाउने र समयमा नै आवश्यक उपचार नगर्दा किशोरकिशोरीहरु कुलतमा झनै फस्न थालेको बताउनु भयो ।

प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै लागुऔषध दुर्व्यसनमा संलग्न र लागुऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषध अन्तर्गत ७ सय १४ मुद्दा दर्ता भएका थिए भने ९ सय ९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २ सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मधेस प्रदेशमा लागुऔषधको उपलब्धता सहज रहेकाले नै लागुऔषध दुर्व्यसनीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागुऔषध दुर्व्यसनी विरुद्धको अभियानमा सहभागी हुँदै आउनुभएका स्पर्श नेपालका नविन मल्लिक बताउनु हुन्छ । उहाँले लाुगऔषधमा फसिसकेकालाई समयमै उपचार गर्ने हो भने ठिक हुने भएपनि लागुऔषधको सेवा गर्ने बित्तिकै समाजमा बिग्रियो भन्ने मानसिकता रहेको बताउनु भयो ।

त्यस्तै मधेस प्रदेशमा सीमापारिबाट मधेसका शहरसम्म लागुऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका शहरसम्म पुर्‍याउने र तेस्रो समूहले काठमाडौं लगायत ठूला शहरसम्म लागुऔषध पुर्‍याइ बिक्री वितरण गर्ने गरेको पाएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागुऔषध सेवनकर्ताहरु प्रायः एकान्त खोज्ने, लागुऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायका गतिविधिहरु देखाउने गर्दछन् । उहाँले लागुऔषधको सेवन गर्नेहरुलाई समयमै उपचार गर्नसके समस्याबाट मुक्त हुने बताउनु भयो ।