Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


आज विश्व क्यान्सर दिवस मनाइँदै


117
Shares

काठमाडौं । विभिन्न चेतनामूलक कार्यक्रम गरी शनिबार विश्व क्यान्सर दिवस मनाइँदैछ । ‘क्यान्सर सचेतनाको आवाजका लागि एकताबद्ध बनौँ’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार निको नहुने खोकी लागिरहने, स्वर धोद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने लक्षण देखिएमा क्यान्सरको शंका गर्न सकिन्छ ।

नसर्ने रोग भए पनि क्यान्सर रोग विश्वव्यापी चुनौती बनेको छ । तर, समयमै पहिचान र उपचार हुनसकेमा धेरै हदसम्म क्यान्सर रोकथाम गर्न सकिन्छ । क्यान्सरलाई समयमा नै पहिचान गरेर राम्रोसँग उपचार गरे निको हुने चिकित्सकको भनाइ छ ।

क्यान्सर भएमा शरीरमा कोशिकाको समूह अस्वाभाविक वृद्धि भएमा तिनै कोशिकाबाट गिर्खा या ट्युमर बन्ने गर्छन ।

फोक्सो, पाठेघर, आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा, स्तन र रगतको क्यान्सर धैरै हुने गर्छ ।

नेपालमा बर्सेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । खानपानमा ध्यान पुर्‍याए मात्रै पनि क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा बर्सेनी १५ हजारभन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु हुने गरेको तथ्यांक छ । सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले पनि क्यान्सरको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ। झन्डै ९० प्रतिशतलाई धुम्रपानका कारण क्यान्सर हुने गर्दछ ।

धुम्रपानपछि वंशाणुगत कारणले पनि फोक्सोको क्यान्सर हुने गर्दछ । विश्वमै फोक्सोको क्यान्सरबाट वर्षेनी लाखौं मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।