Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


दुई दशकपछि डडेल्धुराकाे सिरोड गाउँमा बिजुली बत्ती


390
Shares

डडेल्धुरा । डडेल्धुराकाे नवदुर्गा गाउँपालिका-४ काे सिरोड गाउँमा दुई दशकपछि बल्ल बिजुली बलेको छ ।

तत्कालीन बेलापुर गाउँविकास समितिको मुकाम खुनीमा २०६० सालमै बिजुली बले पनि दुई दशकपछि सिरोडमा बिजुली बत्ती बलेको हाे । तर पटक-पटकको पश्चिम सेती बहुउद्देश्यीय जलविद्युत आयोजनाको चर्चाले ठूला विकासका पूर्वाधार भने अझै संचालन हुन सकिरहेका छैनन् ।

बिजुली नपुगेका वडा नम्बर ४ र ५ का गाउँमा आर्थिक वर्ष २०७८/२०७९ मा करिब ५० लाख रकम बराबरको ठेक्का भएर विद्युत विस्तारको काम भइरहेको साेही गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बताउनुभयाे । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुरासँग सहकार्य गरेर गाउँपालिकाले विद्युत विस्तार गर्ने काम अगाढी बढाए पनि पोल गाडेर काम अधुरै छोडेर ठेकेदार वेपत्ता हुने प्रवृति बढ्दै गएको विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

गाउँमा बिजुली बत्ती बल्ने भएपछि विद्यार्थीलाई पठनपाठन, घरेलु काममा सहज, कुटानी पिसानी र सूचना प्रविधिको उपयोग तथा सूचना सञ्चार सुविधा हुने भएकाले गाउँगाउँमा बिजुलीको माग बढेकाे छ ।