Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


एकीकृत समाजवादीले बोलायो केन्द्रीय समितिको बैठक


208
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

एकीकृत समाजवादीकाे सचिवालयका अनुसार बैठक शनिबार बिहान ११ बजे ललितपुरको बालकुमारीमा बस्न लागेकाे हाे ।

बैठकमा निर्वाचन समीक्षा, संगठन सृदृढीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएकाे छ ।

पार्टीले राजनीतिक प्रतिवेदन तयार गरेको भन्दै यस विषयमा पनि छलफल हुने सचिवालयले जनाएकाे छ ।