३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने ८ जना पक्राउ


949
Shares

काठमाडाैं । अरुको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटकी रविना चौधरी, सप्तरीका दीलिपकुमार चौधरी, पर्साका राजु पटेल, साहिल परवेज, शिवशंकर राउत, अजय चौधरी भनिने नगेन्द्र साह कानु, बाराका सन्तोष कुँवर र भारतीय नागरिक अवधेशकुमार रहेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता दिपक भारतीका अनुसार उनीहरुले संगठित रुपमा नै ठगी गर्ने गरेकाे अनुन्धानबाट खुलेकाे छ ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एसिया बैंकको खाता ह्याक गरी विभिन्न व्यक्तिका नामका इसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरेको भन्ने उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।