
काठमाडौं, भदौ १३ । म्यानमारले रखाइन प्रान्तमा अल्पसंख्यक रोहिंग्या मुसलमानविरुद्ध नरसंहार मच्चाएकामा उच्च सैन्य अधिकृतविरुद्ध अनुसन्धान गर्नुपर्ने संयुक्त राष्ट्रसंघको रिपोर्ट अस्वीकार गरेको छ ।
सरकारी प्रवक्ता जाव टेएले मानवअधिकार परिषदले तयार पारेको कुनैपनि प्रस्तावमा सहमति र स्वीकार गर्न नसकिने बताएका छन् ।
म्यानमारले मानवअधिकारविरुद्धको हिंसामा शून्य सहनशीलता अपनाउने उनको भनाइ छ ।
टेएले राष्ट्रसंघको तथ्य पत्ता लगाउने मिसनलाई म्यानमार प्रवेश गर्न नदिने जनाएका छन् ।
उनले राष्ट्रसंघको एजेन्सीलगायत अरु अन्तर्राष्ट्रिय समुदायको गलत आरोपका सम्बन्धमा आफ्नै स्वतन्त्र छानबिन समिति रहेको पनि बताएका छन् ।
म्यानमारको सेनाले पनि यस विषयमा यसअघि नै स्पस्ट पारिसकेको छ ।
चीनले पनि राष्ट्रसंघको रिपोर्टमा असन्तुष्टि जनाउँदै म्यानमारलाई दबाब दिनु फाइदाजनक नहुने जनाएको छ ।
गत वर्ष रोहिंग्या लडाकूले रखाइन प्रान्तका प्रहरी पोस्टहरुमा भीषण आक्रमण गरेपछि सेनाले त्यहाँ कारबाही थालेको थियो ।
त्यसयता त्यहाँ हजारौ मानिस मारिएका छन् भने ७ लाखभन्दा बढी बंगलादेश पलायन भएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्