१६ फाल्गुन २०८०, बुधबार | Thu Feb 29 2024


माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै

'गृह मन्त्रालयको विवादले पार्टीका आन्तरिक मुद्दा ओझेलमा'

78
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुक्रबार पनि बस्दैछ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्नेछ ।

यसअघि बिहीबार बसेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा समस्या आएको ब्रिफिङ गर्नुभएको थियो ।

बिहीबार बिहान ११ बजेको लागि बोलाइएको बैठक अपरान्ह ४ बजे मात्रै बसेको थियो । उक्त बैठक पनि औपचारिक विषयमा प्रवेश नगरी सकिएको थियो ।

प्रचण्डले बिहीबारको बैठकमा गठबन्धनमा समस्या आएकाले छलफलमा जुट्नुपर्ने भएकोले आफूलाई समय चाहिएको बताउनुभएको थियो ।

गृह मन्त्रालय र राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्रै नभएर सिंगो गठबन्धनमै समस्या आएको उहाँको भनाई थियो । पछिल्लो समय गृह मन्त्रालयको विवाद चर्किदै जाँदा माओवादी नेताहरुको कार्यविभाजन लगायतका आन्तरिक मुद्दाहरु ओझेलमा परेका छन् ।