३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


जेसीभी दुर्घटनामा दुईजनाको ज्यान गयो


0
Shares

सिन्धुली, भदौ १३ । सिन्धलीको कमलामाई नगरपालिका–१, डाँडीमा बुधबार एक सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

देवीरमण कन्स्ट्रक्सन कम्पनीको बा२क ३२०५ नम्बरको जेसीभी दुर्घटना भएको हो  ।

दुर्घटनामा ज्यान गुमाउनेमा जेसीभीका चालक धनुषाको मिथिला नगरपालिका–१० का सन्तोष रिजाल र सहचालक सिन्धुली, तीनपाटन गाउँपालिका–५ का कमल बोगटी रहेका छन् ।

तीव्रगतिका कारण दुर्घटना भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।