Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा आत्मदाहको प्रयास


6.7k
Shares

जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार ४० वर्षीय गोकर्ण कार्कीले आत्मदाहको प्रयास गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत कार्कीले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको छ ।