काठमाडाैं । पाकिस्तानमा लगातार एक पछि अर्को आतंकबादी हमला जारी रहेको छ । हालै आतकंवादीको समूहले पाकिस्तानको पञ्जाब प्रान्तको मियांवलीमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको हो ।
सो चोकीमा रहेका प्रहरीहरु माथि ती समुहले अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको छ । रातको समयमा हतियारधारी समुहले दुर्गम पहाडी जिल्लामा रहेको सो चौकीमाथि आक्रमण गरेको हो ।
आतंकबादी सममूहको ब्यापक खोजी कार्य जारी रहेको सरकारी भनाइ छ । सो समुहले पछिल्लो समय सुरक्षाकर्मी लक्षित आक्रमणलाई तीब्रता दिएको हो ।
केही दिन अघि मात्रै पाकिस्तानको मस्जिदमा सुरक्षाकर्मी लक्षित आत्मघाती बम बिस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको थियो । सुरक्षाकर्मी लक्षित आक्रमणका कारण पाकिस्तान सरकार अप्ठेरोमा परेको छ ।









प्रतिक्रिया दिनुहोस्