Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


यू–२० महिला खेलाडी बंगलादेश प्रस्थान


13
Shares

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

दुई दिनपछि ढाकामा सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुनेछ । मंगलबार अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली टोलीलाई बिदाइ गरेको थियो ।

साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपालसहित चार राष्ट्रको सहभागिता हुनेछ । नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ छन् ।